मंसिर ,१७
काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनमा विकल्पलाई खुल्ला राखेर छलफल अगाडि बढाउने भएको छ। शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको बताईएकाे छ ।
बैठकपछि कुराकानी गर्दै उपाध्यक्ष महराले हालकाे सत्ता गठबन्धन नछोड्ने तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताउनु भयो । ‘बनाएको सत्ता गठबन्धन छोड्ने निर्णय गरिएको छैन,तर ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’उपाध्यक्ष महराले भन्नुभयो ।
निर्वाचनको मत परिणाम सार्वजनिक भईरहेकाे समयमा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि र प्रचण्ड बिच सरकार गठनको विषयमा कुराकानी भएको भन्ने समाचार सार्वजनिक भएको थियो ।
माओवादीले सरकारको नेतृत्व आफुले गर्न पाउनु पर्ने धारणा राख्दै आएकाे थियो । सरकार गठनको लागि एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरिएकाे छ । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्।
बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले जानकारी दिनु भयो ‘अपेक्षा गरेजस्तो सफलता हासिल गर्न सकिएन भन्ने भयो’, उहाँले भन्नू भयो , ‘समग्र समीक्षा सबै परिणाम आएपछि गर्ने भन्ने भयाे ।


