नेकपा एकीकृत समाजवादी काभ्रे २(१) काे बैठक सम्पन्न

+
-

मंसिर, १७

काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादी काभ्रे २ (१) क्षेत्रीय समन्वय कमिटीले मंसिर ४ गते सम्पन्न निर्वाचनकाे समिक्षा गरेको छ। आज काभ्रेको बनेपा स्थित पार्टी कार्यालयमा जिल्ला पार्टी सचिव गाेकुल गौतमकाे प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा भुम्लु गाउँपालिका , पाँचखाल नगरपालिका , मण्डनदेउपुर नगरपालिका , धुलिखेल नगरपालिकाका इन्चार्ज र अध्यक्षले निर्वाचनमा भएका गतिविधि सम्वन्धमा समिक्षागत रिपोर्टिङ र सुझाव राख्नु भएको थियो ।

बैठकले पालिका स्तरबाट निर्वाचनकाे समिक्षा जिल्लामा रिपोर्टिङ गर्न निर्देशन दिएको छ। साथै पार्टीको तर्फबाट निर्वाचित सांसद लक्ष्मण लम्सालले मतदातालाई धन्यवाद दिने कार्यक्रम तय गर्ने र माननीय लम्सालकाे क्षेत्रीय समन्वय कमिटीसंग सहकार्य गरि सम्पर्क कार्यालय स्थापना सम्वन्धमा छलफल गरेको छ।