राेचक बन्दै सुनसरी ४ काे मत गणना ४ मतले मात्र अगाडि कार्की

+
-

आशिश कुमार यादव ,मंसिर १४

सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । याे क्षेत्र सरकारका प्रवक्ता समेत रहनु भएका सुचान तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र हो ।

यहाँको मत गणना अन्तिम चरणमा आईपुग्दा झन राेचक र घाेचक बन्दै गएको छ। नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले ४ मतले मात्र अग्रता लिनु भएको छ।

निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले ३०हजार ०७३ मत र नेकपा एमालेका जगदीश प्रसाद कुसियैले ३०हजार ०६९ मत प्राप्त गर्नु भएको छ।

हालको मत गणना परिणाम अनुसार एमालेका ज्ञानेन्द्र बहादुर कार्कीले ४ ले मतले अग्रता लिईरहनु भएको छ।