मंसिर, १०
काभ्रेपलान्चोक ।काभ्रे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचित सदस्यहरुले मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भए पश्चात् विजय र्यालिमा सम्बाेधन गर्दै गठबन्धन दलका नव निर्वाचित सदस्यहरुले मतदातालाई धन्यवाद दिनु भएको हाे ।
आज पनौतीबाट सुरु भएको विजय र्यालि बनेपा हुदै सदरमुकाम धुलिखेल पुगेर काेण सभाम परिणत भएको थियो । विजय र्यालिमा काभ्रे १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रका सूर्यमान दाेङ , प्रदेश सभा सदस्यहरु १ बाट नेकपा माओवादी केन्द्रका रत्न ढकाल ,नेपाली काङ्ग्रेसका तिर्थ लामा , प्रतिनिधि सभा २( १) बाट निर्वाचित सदस्य नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र २ बाट नेपाली काङ्ग्रेसका कन्चन चन्द्र वादेकाे सहभागीता रहेको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित नेताहरुले निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार गठबन्धन र आफूलाई मतदान र सहयोग गर्ने सबैमा आभार प्रकट गर्नु भएको थियो ।
‘जनताले हामीलाई अत्यन्तै माया गर्नुभएको छ, ‘पाँचै जना निर्वाचित सदस्यहरुले संयुक्त रुपमा भन्नुभयो “हामीलाई मतदान गर्नुहुने र सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ संक्षिप्त कार्यक्रमंमा मतदान गर्ने साथै निर्वाचनको क्रममा अहोरात्र खटिने लोकतान्त्रिक–बाम गठबन्धन आवद्ध राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज, बुद्धिजीवी एवं काभ्रेलीमा नेताहरूले कृतज्ञता व्यक्त गर्नु भएको हो ।

साथै निर्वाचनलाई नजिकबाट चासोका साथ सरोकार राख्ने सचेत नागरिक समेतलाई धन्यवाद व्यक्त गर्नु भएको छ। आगामी दिनमा कार्यक्रम नै बनाएर मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा जाने पनि नेताहरुले बताउनु भएको छ।


