नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह के.शि.प्रतिनिधि सभा सदस्य निर्वाचनको जित नजिक , घाेषणा हुन बाँकि

+
-

मंसिर, ९

नुवाकोट । नुवाकोट प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा  मत गणना जारी  छ । राति ८:३० बजे सम्मकाे प्राप्त परिणाम अनुसार नेपाली काङ्ग्रेसका प्रभावशाली तथा वरिष्ठ नेता अर्जुन नरसिंह के .शि. अग्र स्थानमा  हुनुहुन्छ ।

गठबन्धनबाट साझा उम्मेदवार तथा पूर्वमन्त्री समेत रहनु भएका नेता के. शि. ले  २५ हजार २३३ मत प्राप्त  गरि जित सुरक्षित गरि सक्नु भएको छ।  उहाँका  निकटतम प्रतिद्वन्दि नेकपा एमालेका नारायण खतिवडा १४ हजार ०७६ मतमा खुम्चिरहनु भएको छ।

नुवाकोट काङ्ग्रेसका बादसाह भनेर चिनिनु हुने नेता के.शि ले नेकपा  एमालेका उम्मेदवार  खतिवडालाई ११,१५७ मतले पछाडि पार्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार  सुमन पाण्डेले १३ हजार ९९१  मत प्राप्त गर्नु भएको छ ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकाे मत परिणामलाई तुलना गर्दा काङ्ग्रेसका उम्मेदवार के.शि. जीत नजिक पुगि सक्नु भएको छ ।   आठ हजार मत गणना बाँकि हुदा  ११ हजार  मतान्तरले विजय सुनिश्चित गरिसकेको  देखिन्छ ।

नुवाकोट प्रतिनिधि सभा क्षेत्र २ मा जम्मा ६६ हजार ७३९ मत खसेकाे थियो । अब नुवाकाेट २मा ५८ हजार ६०१ मत गणना भइसकेको छ । गणना  हुन बाँकि मतमा पनि के .सि.काे  मत धेरै सुरक्षित रहेको छ।