अ+
अ
अ-
मंसिर ,९
काठमाडौ । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको छ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्नु भएको हो । महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाउनु भएको थियो ।
शाहीले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जित्नु भएको हो । २०७४ को चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका शाही योपटक प्रतिनिधिसभा चुनाव लडनु भएको हो ।


