एमाले नेता ठाकुर गैरे पाल्पाबाट निर्वाचित

+
-

मंसिर , ९
काठमाडौ । पाल्पा–२ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकाे छ ।

नेकपा एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।