मंसिर ,८
काभ्रेपलान्चोक । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार भएका कांग्रेस पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले आफ्ना मतदाता र निर्वाचनमा सहभागी सबैलाई धन्यवाद दिएका छन् ।
पार्टीभित्र र बाहिरको घेराबन्दी र चक्रव्यूह र अप्राृकतिक समिकरणका कारण मात्रै आफू प्रत्यासी हुन पुगेको भन्दै हुमागाईले गठबन्धन र आफूलाई मतदान र सहयोग गर्ने सबैमा आभार प्रकट गरेका हुन् ।
‘जनताले हामीलाई अत्यन्तै माया गर्नुभएको छ, मतदाताको कारण हैन पार्टीभित्रको अप्राकृतिक समिकरणको कारण हार बेहोरेको हुँ,’ उनले भने, ‘हामीलाई मतदान गर्नुहुने र सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।’ अन्तिम मत सार्वजनिक भएपछि एक संक्षिप्त कार्यक्रम गरेर उनले विचलित नभई काभ्रेली जनताको स्वाभीमान कायम राख्न मतदान गर्ने सम्पूर्णका साथै निर्वाचनको क्रममा अहोरात्र खटिने लोकतान्त्रिक–बाम गठबन्धन आवद्ध राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज, बुद्धिजीवी एवं काभ्रेलीमा कृतज्ञता व्यक्त गर्नु भएको हो ।
साथै देश विदेशमा रहेर सो क्षेत्रको निर्वाचनलाई चासोका साथ सरोकार राख्ने सचेत नागरिक समेतलाई धन्यवाद व्यक्त गरेका गर्नु भएको छ । हुमागाँईले कार्यक्रम नै बनाएर मतदातालाई धन्यवाद ज्ञापन गर्न घरदैलोमा जाने पनि बताउनु भयो ।
निर्वाचनमा प्राविधिक रुपमा हार बेहोेरेपनि अझ उत्साहका साथ निष्ठा, इमान्दारीपूर्वक आफ्नो शरीरले साथ दिँदासम्म देश, जनताको सर्वाेपरी हित, सेवा र काभ्रेली जनताको सुख दुःखको साथीको रूपमा रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।


