काभ्रे प्रतिनिधि सभा २ प्रदेश सभा १मा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्सालकाे सानदार जीत

+
-

 

मंसिर ८

काभ्रेपलान्चोक । जिल्लाको प्रतिनिधिसभा २ को प्रदेशसभा १ बाट नेकपा एकीकृत समाजवादीका नेता तथा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ।

लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार नेकपा एकीकृत समाजवादीका लम्सालले १९हजार ४०८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उनका निकटतम प्रतिष्पर्धी एमालेका खकुरेले १९ हजार २ सय २०मत प्राप्त गर्नु भएको छ।

अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेशसभा सदस्यमा नै लम्साल विजयी हुनु भएको थियो।