काङ्ग्रेसका सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देल विजयी

+
-

मंसिर , ८ 

काठमाडौं  । झापा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ बाट राप्रपाका  अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ।

नेपाली कांग्रेसका  नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन  दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित  हुनु भएको छ।

लिङ्देनले ४० हजार ६ सय ४८ मत पाउदा  सिटौलाले ३७ हजार ३ सय ७२ मत पाउनु भएको हो ।

२०७४ काे प्रतिनिधि सभा निर्वाचनमा पनि सिटौलालाई लिङ्देलले पराजित गर्नु भएको थियो । यी दुवै नेता दुई पटक एकै स्थानबाट चुनावी प्रतिस्पर्धामा सहभागी भई रहनु भएको छ।