तनहुँ १ बाट रामचन्द्र पौडेल छैठौं पटक सांसदमा विजयी

+
-

मंसिर ,८

काठमाडौं ।  नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित हुनु भएको छ।

पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले पराजित गर्नु भएको हो ।। पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित हुनु परेको छ । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८७८ मत पाउनु भयो ।

संसदीय राजनितीमा ६ पटक संसद हुने व्यक्तिमा पौडेलको नाम आउँछ ।