रवि लामिछाने अत्याधिक मतले विजयी

+
-

मंसिर , ८

काठमाडौ । चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछाने भारी मतले विजयी हुनु भएको छ।

लामिछानेका प्रतिस्पर्धी नेपाली काँग्रेसका साझा उम्मेदवार उमेश श्रेष्ठलाई ४४ हजार १७० मतले पछि पार्दै लामिछाने विजयी हुनु भएको हो ।

लामिछानेले ५९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९१ मत पाउनु भएको थियो । श्रेष्ठ सत्ता गठबन्धको समर्थनसहित निर्वाचनमा हाेमिनु भएको थियो । पत्रकारिता पेशा छाडेर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका लामिछानेले अप्रत्यासित मतले जीत हासिल गर्नु भएको छ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५४९ मत प्राप्त गर्दै तेस्रो हुनु भएको छ।