अ+
अ
अ-
मंसिर , ८
काठमाडौ । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही ज्ञानबहादुर शाही निर्वाचित हुनु भएको छ।
मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२८१९ मत पाउनु भएको छ भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नु भएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगी ६५२८ मत पाएर तेस्रो हुनु भएको छ।
जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । उम्मेदवारी दर्तापछि नै शाहीले जुम्मलामा आक्रामक ढंगले चुनाव प्रचार गर्नु भएको थियो ।
हामी नेपाली नेपालीको अभियानमा भ्रष्ट्रचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपाकाे प्रवक्ता हुनु हुन्छ।


