अ+
अ
अ-
मंसिर ,७
काठमाडौ । झापा प्रतिनिधि सभा १ बाट नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा भरि मतले विजयी हुनु भएको छ। शर्माले नेकपा एमालेका अग्नि खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै जीत हासिल गर्नु भएको हो ।

शर्माको राजनितिक जीवनमा यो पहिलो संसदीय यात्रा हाे।गठबन्धनबाट चुनावी मैदानमा हाेमिनु भएका शर्माले ३९६२४ मत र निकटतम प्रतिस्पर्धि खरेलले २५३४९ मत प्राप्त गर्नु भएको थियो ।
२०७० र ७४ सालकाे निर्वाचनमा पराजय भाेग्नु भएका शर्माको याे तेस्रो चुनावी प्रतिस्सर्धा हाे । पहिलोपटक एमाले र दाेस्ाे पटक माओवादीले उहाँलाई हराएका थिए। अहिलेकाे निर्वाचनमा ७४ सालका प्रतिस्पर्धि राम कार्कीको साथ रहेको थियो ।


