दाेलखामा काङ्ग्रेसका प्रदेश सभा उम्मेदवार कुन्दन काफ्लेको मतदान केन्द्र लगायत दुई ठाँउमा हवाई फायर

+
-

 

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ र काङ्ग्रेसका प्रदेश सभा उम्मेदवार कुन्दन राज काफ्लेको  मतदान केन्द्रमा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो । प्रहरी र मतादाताबीच तनाव उत्पन्न भएपछि मतदान कार्य रोकिएको छ ।

प्रहरीका अनुसार मतदाताको भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गर्नुपरेको हो । उक्त घटनापछि वैतेश्वर गाउँपालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली झिकाइएको छ ।

यस्तै, दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर र काङ्ग्रेसको प्रदेश सभा उम्मेदवार कुन्दन राज काफ्लेको मतदान केन्द्र जफे कालापानिमा मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । अहिले सबै केन्द्रमा मतदान सुचारु भएको जनाएको छ।