निर्वाचनको तयारी पूरा , निर्धक्क भएर मतदान गर्न मतदातालाई आयाेगकाे आग्रह

+
-

काठमाडौ ,
मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचनमा निर्धक्क भएर मतदान गर्न निर्वाचन आयाेगले मतदातालाई आग्रह गरेको छ, साथै निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको पनि आयाेगले बताएको छ।

निर्वाचन आयाेगले गरेको पत्रकार सम्मेलनमा आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनु भयो ।निर्वाचनको आवाश्यक व्यबस्थापकिय सामाग्री सहित देशभरि मतदान केन्द्रहरुमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्।

आयाेगले देशभर दुई लाख ४६ हजार ९६० जना कर्मचारी र  आवाश्यकता अनुसार सुरक्षाकर्मी  खटाएको छ।

कसैकाे डर , त्रास ,धाक धम्की र प्रलाेभनमा नपरी आफुलाई मन परेको दल वा उम्मेदवारलाई मतदान गर्न मतदातालाई निर्वाचन आयुक्त थपलियाले अब्हान गर्नु भएको छ ।

यस बिचमा कसैले कसैलाई प्रलाेभनमा पार्न ,भ्रम फैलाउने , चरित्र हत्या गर्ने आदि कुराहरु सामाजिक संजालमा आउन सक्छन त्यस तर्फ हाेसियार रहन पनि  मतदातालाई आयाेगले सचेत गराएको छ।