रवि लामिछानेलाई निर्वाचन आयाेगले साेध्याे स्पस्टिकरण

+
-

काठमाडौ ,
चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका संयाेजक रवि लामिछानेलाई निर्वाचन आयाेगले स्पस्टिकरण साेधेकाे छ । विदेशी नागरिकता लिएको बिषयमा उजुरी परे पछि चितवन स्थित जिल्ला निर्वाचन आयाेगले स्पस्टिकरण साेधेकाे हो ।

लामिछानेले दल दर्ता गर्दा र उम्मेदवारी दर्ता गर्ने बेला विदेशी नागरिता लिए पछि खारेज भएको नेपाली नागरिकताकाे विवरण बुझाएको भनी आयाेगमा उजुरी परेको थियो ।

उनले विदेशी नागरिकता लिएर नेपाली नागरिकता स्वत खारेजीमा परेकाे र पून नेपाली नागरिकताको लागी कुनै प्रकृया नगरेको भनी दुईजनाले उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा” तपाईंको उम्मेदवारी किन खारेज नगर्ने ? भनी निर्वाचन आयाेगले साेेधेकाे छ “।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले लामिछानेले एक साता भित्री प्रमाण सहित जबाफ दिनु पर्ने बताएको छ।