काभ्रे – काठमाडौं सम्पर्क समितिकाे भव्य आमसभा देखेर विपक्षीहरु तर्सिसके

+
-

काठमाडौं , २६ कार्तिक 
काभ्रे क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालले काभ्रे – काठमाडौं सम्पर्क समितिकाे बृहत आमसभा देखेर प्रतिगमनकारी तत्वहरु तर्सिसकेकाे बताउनुभएको छ।

काभ्रे – काठमाडौ सम्पर्क समितिले काठमाडौंको जडिबुटीमा गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उम्मेदवार लम्सालले जडिबुटीमा देखिएको जनमासकाे उपस्थितिले अब काभ्रेमा प्र तिगमनका मतियारले शिर उठाउन नसक्ने ठाेकुवा गर्नु भएको हो ।

उम्मेदवार लम्सालले भन्नू भयो – “आफ्नो पेसा व्यवसाय गरेर काठमाडौंमा बस्नु भएको आम मतदाता गाउँ फर्केपछि भ्रमकाे खेती गर्ने केही अराजक व्यक्तिहरु टाउकाे निहुराएर हिड्ने छन। ” अबकाे केहि दिनमा नेता कार्यकर्तालाई गाउँ फर्कन आग्रह गर्दै लम्सालले गाउँका साेझा मतदातालाई झुक्याएर याे बाटो मैले बनाएको , त्यो पुल मैले हालेको , पिच गरें , धारा बनाएँ भन्दै भ्रम सिर्जना गर्ने काम भईरहेकाे छ । त्यसको यथार्थता टाेल टाेलमा गएर जनतालाई बुझाई दिन पनि अपिल गर्नु भएको थियो ।

गाउँमा गठबन्धनको विषयमा विभिन्न टीका टिप्पणी भएको छ। गलत प्रचार गरिएको छ । यो हाम्रो वडा , पालिका , जिल्ला , प्रदेशदेखि केन्द्र र देश भरि नै कुनै समस्य छैन ।गठबन्धनका केन्द्रीय नेताहरुले कुनै गडबढ नभएको स्पस्ट पारि सकेकाले त्यहि सुसन्देश गाउँमा पुर्‍याउनु पर्ने उहाँको तर्क थियो ।

जनताकाे मत पाएर ओलि राजा बन्ने प्रयास गरे ।तर अहिले राजावादीसंग गला जाेडेका ओलिले गठबन्धनको ओलाेचना गर्नुकाे केही अर्थ छैन लम्सालले भन्नुभयो ।

उहाँले गाेकुल बास्काेटा तर्फ इंकित गर्दै सुशासन भनेकाे के हाे भनी प्रश्न गर्नु भएको थियो । लम्सालले उपस्थित माझ विपक्षिहरुले  विकास वजेटकाे आधा भाग कमिसन माग्ने चलन रहेकाे पनि खुलासा गर्नु भयो । कसै कसैलाई  थाेरैले नपुगेर ७० कराेडले पेट भर्ने  गरेका रहेछन भनी व्यङ्ग्य गर्नु भएको थियो । सुशासनकाे कुरा गर्ने ओलि र उनका मतियारलाई भाेट हाल्ने कि गठबन्धनलाई भाेट हाल्ने जनताले  साेच्नु पर्ने बेला आएको भनाइ राख्नु भएको थियो ।