काभ्रेपलान्चोक ,
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काभ्रेका नेता मधु प्रसाद आचार्यले नीति र नेता राम्रो भएको पार्टीमा मतदान गर्न मतदातालाई आग्रह गर्नु भएको छ।
काभ्रेको एक चुनावी सभालाई सम्बाेधन गर्दै नेता आचार्यले अहिलेकाे गठबन्धन नीति र नेता राम्रो भएका दलहरुकाे गठबन्धन भएकोले मत दिन अपिल गर्नु भएको हो ।
नेपाली काङ्ग्रेस निर्वाचन परिचालन कमिटीकाे बाग्मति प्रदेश सहसंयाेजक समेत रहनु भएका नेता आचार्यले भन्नु भयो -” देश र माटो सुहाउँदो आर्थिक , सामाजिक रुपान्तरण गर्नकाे लागि उचित पात्र छान्ने दिन मंसिर ४ हो । याे चुनाव देशले काँचुली फेर्ने महायज्ञ भएको बताउदै काभ्रेको भुगाेल सुहाउँदो विकास गर्ने भिजन, नीति र कार्यक्रम लिएर जनता माझ गठबन्धन दल आएको उहाँको भनाइ थियो ।
उहाँले एमाले नेता गाेकुल बास्काेटालाई लक्षित गर्दै गलत पात्र र प्रवृत्ति भएका जनप्रतिनिधिका कारण नाक थुनेर हिड्नु पर्ने दिन आएको बताउनु भयो । नीति राम्रो खाेज्ने तर नेता गलत छानियाे भने २०७४ सालमा जिताएर पठाएको जनप्रतिनिधि जस्तै कालाे दाग लाग्ने छ । तर गठबन्धनका उम्मेदवारहरु दुबैजना युवा र विकास प्रेमि हुनुहुन्छ । त्यसैले गठबन्धनका उम्मेरद्वरलाई जिताउनुकाे विकल्प छैन । आचार्यको भनाइ थियो ।


