काभ्रेको डाँडापारि क्षेत्र सबैले हेर्न लायक बनाउँछौ- नेता लालध्वज

+
-

 

काभ्रेपलान्चोक ,
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं काभ्रे क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले काभ्रेको डाँडापारि क्षेत्रलाई हेर्नयोग्य बनाउन आफूहरुको पहिलो प्रयास हुने बताएका छन् ।

महाभारत गाउँपालिकाको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले विकासका लागि महाभारतबाट सिंगै जिल्लाले पाठ सिक्न सक्ने, प्रेरणायोग्य महाभारत बनाउनका लागि आफूहरुको पहलकदमी रहने बताएका हुन् ।

काभ्रेको डाडापारि दीर्घकालीन विकास निर्माणका कामहरु आफूहरुकै पालामा सुरु भएको बताउँदै उनले महाभारतका जनताका सबैखाले समस्यामा आफूहरुको साथ रहने बताए ।

कोखाजोर जलविद्यूत परियोजनाको काम आफूहरुकै पालामा प्राथमिकताका साथ प्रारम्भ गरेर सम्पन्न गर्नेतिर आफूहरुको ध्यान रहने उनको भनाई थियो ।

उनले थपे, ‘महाभारतका विकास निर्माणसम्बन्धी जेजस्ता समस्याहरु छन्, त्यसको समाधान र्ने मुख्य दायित्व हाम्रो हो । आवश्यक योजना र सल्लाह गरेर हामी डाडापारि विकासको खाका कोर्छौ ।’

प्रदेशसभा १ का उम्मेदवार रत्न ढकालले काभ्रे डाडापारि विकास निर्माणकाे काममा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।