अ+
अ
अ-
⊆काठमाडौं ,
नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलिले कालापानी ,लिपुुलेख र लिम्पियाघुराकाे गुमेको नेपाली भूमि फिर्ता ल्याउने दावी गर्नु भएको छ ।
नेकपा एमाले दार्चुलाले खलंगामा आयाेजान गरेको चुनावी सभामा बाेल्दै अध्यक्ष ओलिले संसदबाट सर्वसहमत पारित भइसकेकाे नेपाली नक्सालाई आधार मानेर हाम्रो भूमि फिर्ता गरिने बताउनु भयो ।
पूर्व प्रधानमन्त्रि समेत रहनु भएको ओलिले भन्नू भयो -” भारत ठुलो देश भए पनि सिमानाकाे हकमा सानाे चित्त गरेको छ। ” टिंकर तिर बाटो बनाउदा भारतले झमेला निकालेको आराेप पनि लगाउनु भयो ।
भारतले नेपालीलाई थिचाेमिचाे गरिरहेको छ। सिमाना मिचिरहेकाे छ । भारतसंग सल्लाहमा नै झाेलुङ्गे पुल बनाईएकाे हाे तर उसले नेपाल माथि ज्याजति गरेकाे छ । अब धार्चुलामा पक्कि पुल बनाउने ओलिले उद्घाेष गर्नु भएको छ।


