मुलखर्क भिमसेन मन्दिरमा एकादशि मेला ,गाउँपालिका अध्यक्ष पनि उपस्थित

+
-

काभ्रेपलान्चोक ,

काभ्रेको भुम्लु गाउँपालिकामा पर्ने पर्यटकिय तथा धार्मिक -साँस्कृतिक स्थल मुलखर्क भिमसेनमा प्रत्येक वर्ष हरिबाेधनि एकादशिकाे मेला लाग्ने गर्दछ । हरेक वर्ष झै याे वर्ष पनि आज मेला लागेकाे छ ।  यो  मन्दिरमा दशैमा फुलपातीकाे दिन देखि नवमीकाे दिनसम्म  मेला लाग्ने गरेकाे छ । यहाँ बर्षकाे २ पटक भब्य मेला लाग्ने गरेकाे छ ।

आज मेलामा भक्तजनकाे घुइँचो लागेकाे छ । मुलखर्क भिमसेनकाे दर्शन गर्न टाढा टाढा देखि दर्शनार्थी आउने गरेका छन । ऐतिहासिक , धार्मिक र पर्यटकिय साे भिमसेनकाे दर्शन गर्न काठमाडौबाट पनि दर्शनार्थी जाने गरेका छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोक लगायत जिल्लाका विभिन्न ठाउँबाट मानिसको उपस्थिति रहने गरेको छ ।

मुलखर्क भिमसेनकाे दर्शन गर्न गाउँपालिका अध्यक्ष प्रेम बाहादुर भुजेल पनि पुग्नु भएको छ । साथै १० वटै वडाका जनप्रतिनिधिहरुले भिमसेनकाे दर्शन गरि साँस्कृतिक कार्यक्रममा सहभागीता जनाएका छन् ।

बैसाखमा भएको स्थानीय तह निर्वाचनकाे समयमा अध्यक्ष भुजेलले आफू पालिका अध्यक्षमा निर्वाचित  भएपछि  मुलखर्क भिमसेनथानमा पाँच पाण्डवकाे मुर्ति र पाँच सय मिटर टाढाबाट देखिने भिमकाय भिमसेनकाे मन्दिर बनाउने वाचा गर्नु भएको थियो ।

मेलाकाे साथ साथै आज मुलखर्क तेस्रो साँस्कृतिक महाेत्सव पनि सम्पन्न भएको छ । स्थानीय मुलखर्क सामुदायिक क्लवले साँस्कृतिक कार्यक्रम प्रहशन गरि भक्तजनलाई मनाेरन्जन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारकाे सहभागिता थियो ।