पन्ध्र दिनमा १८ करोड नाफा हुने आयल निगम सधैं घाटामा

+
-

काठमाडौ ,
नेपाल आयल निगमले १८ करोड नाफा गरेको छ। निगमकाे यो १५ दिन भित्रकाे नाफादर हाे ।

तर उपभोक्तालाई भने मुल्यमा कम नहुने भएको छ। भारतिय आयल निगम र नेपाल सरकारलाई ऋण तिर्न पर्ने भएकोले उपभोक्ताको मुल्य घटाउन नसकिने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

दुवै तर्फ गरि निगमले २९ अर्ब बक्यौता रकम तिर्न बाँकि छ । असाेज १ काे मुल्यअनुसार नाफामा रहेकाे तर १६ गतेकाे मुल्यमा डिजेल र पेट्रोलको मुल्य बढेर आएको छ । त्यसैले मुल्य समायोजन गर्न सकिन्न । तर खाना पकाउने ग्यासको मुल्य घटेर आएको छ । निगमको विज्ञप्तिमा भनिएको छ।