समाचार

चुनाव जीतेपछि झापाबाट ओलिकाे चेतावनी अब देश अराजकता तिर जानेछ ।

मंसिर ,८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देश अस्थिरता र अराजकतातर्फ जाने खतरा रहेको टिप्पणी गर्नु भएको छ।

झापा–५ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले दलहरुले प्राप्त गरेको मतपरिणामलाई आधार मानेर अब बन्ने संसदमा सुरु देखिनै मोलतोल हुने भएकाले देश अस्थिरतातर्फ जाने टिप्पणी गर्नु भएको हो ।

सरकार बनाउन कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण मिलिजुली सरकार नै बनाउनुपर्ने अवस्था बनेकाले सरकार बनाउने र ढाल्ने गतिविधि तत्काल सुरु हुने भएकाले देश अस्थिरतातर्फ जाने ओलिकाे दाबी रहेको छ ।

अध्यक्ष ओलीले भन्नुभयो – ‘दलहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा देश अस्थिरतातर्फ जाने देखिन्छ । अब सरकार बनाउने र गिराउने खेल हुने छ । यसले देश पुनः अस्थिरतातर्फ जाने खतरा देखिन्छ ।’

अध्यक्ष ओलीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा सत्तारुढ दलले सत्ताको दुरुपयोग गरेको समेत आरोप लगाउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *