बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र जनता बिच अन्तरक्रिया

+
-

दोलालघाट / काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ, वडा नम्बर ४ चौवास र वडा नम्बर २ सिम्थलीमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरू र मतदाताबीच छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । पूर्व राज्यमन्त्री गोविन्दनाथ उप्रेतीको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईं, प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल सहभागी भएको थियो । त्यस्तै समानुपातिक उम्मेदवार रूकु चौलागाईं, कल्पना श्रेष्ठ र मिना तामाङ सहभागी हुनुभएको थियो।

त्यसैगरी गठबन्धनका स्थानीय नेता कार्यकताहरु सहभागी थिए । मतदाताहरूले यसअघि प्रदेश सभामा विजयी हुनुभएका सांसद लक्ष्मण लम्साल विकास निर्माणको कामलाई निकै महत्वपूर्ण दिएको भन्दै अब गठबन्धनका संघ र प्रदेश सांसद मिलेरै आवश्यकता अनुसार विकास निर्माणको काम गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रमलाई संविधान सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विदुर सापकोटा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शिव प्रसाद हुमागाईं, प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्साल, समानुपातिक उम्मेदवार रूकु चौलागाईं, नेपाली कांग्रेसका नेता अच्युत प्रसाद पौडेल, नेकपा(एकीकृत समाजवादी) जिल्ला कमिटी सचिवालय सदस्य प्राणनाथ न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो ।

रोशी गाउँपालिका वडा नं ५ बाट गठबन्धन दलहरूको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार तिर्थ लामा र नेकपा(माओवादी केन्द्र)को प्रदेशसभा समानुपातिक उमेदवार सुन्तली थिङ(मनिता)को भेटघाट तथा घरदैलो कार्यक्रम शुभारम्भ भएको छ ।

यसैगरी नमोबुद्ध ३ र ४ पनि लोकतान्त्रिक वाम गठबन्धनको कोणसभा, घरदैलो र भेटघाट अभियान संपन्न भएको बताइएको छ । कार्यक्रममा नमोबुद्द ३, भेडाबारी( कोणसभा बक्ताहरु रत्न ढकाल, पासाङ डोल्मा लामा, नमोबुद्द ३, चरुवा भेटघाट रत्न ढकाल र यशु लामा तथा नमोबुद्द ४, चुवाने कोणसभामा रत्न ढकाल, यशु लामा, पासाङ डोल्मा लामा, लाप्साङ तामाङले बोल्नुभएको थियो ।