अ+
अ
अ-
बनेपा,
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभाको क्षेत्र नम्बर दुईका शिव प्रसाद हुमागाईं बेथानचोक गाउँपालिकाको गाउँ, बस्तीमा जनता माझ हुनुहुन्छ।

उहाँले मंसिर ४ को आम निर्वाचनका लागि मतदाताहरु माझ पुगेर मत मागि रहनुभएको छ। घरदैलो अभियान अन्तर्गत उमेद्वार हुमागाईं र प्रदेश सभा उमेद्वार कन्चन चन्द्र बादे बेथानचोकको महांकाल,च्याल्टि लगायतका गाँउ बस्तीमा पुग्नुभएको छ। हिजो चलाए गणेश र अन्य स्थानहरूमा पुगी सक्नु भएको छ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न र मत मागि दिन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बामपन्थी नेता विदुर सापकोटा पनि संगसंगै हुनुहुन्छ।


