गठबंधनका उमेद्वारलाई टिका लगाएर आशिर्वाद दिदै नागरिक

+
-

संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। उमेद्वारहरुले  टोल टोलमा पुगेर मतदाताहरु सँग मत मागि रहनु भएको छ।

घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं २ प्रदेश सभा १ मा बाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष तर्फका  साझा उम्मेदवार लक्ष्मण लम्साल र समानुपातिक उम्मेदवारहरु सहभागी हुनुहुन्छ।

आजको घरदैलो अभियान धुलिखेल नगरपालिकाको ४ र ५ नम्बर वडा केन्द्रित थियो। अभियानका क्रममा टोल टोलमा नागरिकहरूले उम्मेदवारहरुलाइ टिका लगाएर आशीर्वाद दिएका थिए।