बनेपा,
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाइँ काभ्रेको बेथानचोक गाउँपालिकास्थित चलाल गणेश पुग्नुभएको छ। आज जनताहरु माझ मत माग्न उमेरद्वार हुमागाई बेथानचोक पुग्नुभएको हो।
नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाले उम्मेदवारहरुकाे परिचय गराउन तथा जनताका गुनासा सुन्न उक्त कार्यक्रम आयोजना गरेको थियो।
मतदाताहरु सँग मत माग्ने क्रममा नेता हुमागाईले बेथानचोक गाउँपालिकालाई बिद्युतिकरण गरेर उज्यालो गराउने काम कसले गरेको हो भनि बुझिदिन आग्रह गर्नुभएको थियो।

उहाँले भन्नुभयो हामिले गरेका कामहरुलाई मूल्यांकन गरी विकासप्रेमी दलको नेतालाई मतदान गरी दिनुहोला। म २०५६ सालको भन्दा बढी क्रियाशील र लगनशील भएर काभ्रे जिल्लालाई उत्कृष्ट जिल्ला बनाउन लागिपर्ने छु । काभ्रे जिल्लाको विकास र जनताले अनुभव गर्ने खालको सम्वृद्धि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले जनताहरुलाई विपक्षी दलको कुरा सुनेर निरास नहुन भन्दै गठवन्धन दलहरु एकढिक्का भएको सन्देश दिनुभएको छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य केपि सापकोटा, नेकपा-माओवादी केन्द्रकी केन्द्रीय सदस्य रुकु चौलागाई काभ्रे २प्रदेश सभा २ का उम्मेदवार कन्चन चन्द्र वादे र बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी लगायत गठबन्धन दल नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


