यि हुन नेकपा एस काभ्रेको प्रतिनिधि सभा २,को प्रदेश सभा १ बाट समानुपातिका उमेरद्वार

+
-

दिनेश राज खरेल

काभ्रे/ मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी काभ्रेको क्षेत्र नं २ बाट समानुपातिक बन्द सूचीमा तीनजनाको नाम समावेश गरेको थियो। निर्वाचनआयोग सार्वजनिक गरेको  बन्दसूचीमा प्रदेश सभाको समानुपातिक सुचिमा आदीवासी तथा जनजाती समूहबाट नाम समावेश भएको हो।

काभ्रेपलान्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २को प्रदेशसभा अन्तर्गत १ हरिगोपाल प्रधानाङ्ग, कल्पना श्रेष्ठ र दिलबहादुर तामाङ रहनुभएको छ।

टुकी नेटवर्कले समानुपातिक उम्मेदवारको संक्षिप्त विवरण प्रस्तुत गरेको छ।

हरि गोपाल प्रधानाङ्ग :- हरिगोपाल प्रधान हुन् नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला कमिटी सचिवालय सदस्य , कार्यालय सचिव र समाजवादी सहकारी नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँको जन्म  काभ्रेको धुलिखेल नगरपालिकामा भएको थियो। नेता प्रधानाङ्ग पञ्चायतकालदेखि नै वामपन्थी राजनीतिमा लाग्नुभएको हो।२०६२/६३  सालको जन आन्दोलनमा काभ्रेको धुलिखेलबाट आन्दोलनको नेतृत्व गर्ने प्रधानाङ्ग अगुवा व्यक्तित्व हुनुहुन्छ। सादा  जीवन उच्च विचारका प्रधानाङ्ग जिल्लामा  परिचित हुनुहुन्छ।

२०७४सालको स्थानीय निर्वाचनमा धुलिखेल एमालेलाई जिताउन उहाको भूमिका थियो भने हालै सम्पन्न स्थानीय निर्वाचनमा पनि नेकपा एकीकृत समाजवादीकका दया सागर श्रेष्ठलाई जिताउन महत्वपूर्ण भूमिका खेल्नु भएको भयो। तर  गठबन्धनमा रहेको नेपाली कांग्रेसले स्वतन्त्र उम्मेदवार खडा गरी निर्वाचनमा सहयोग नगरेपछि विपक्षी दललाई फाइदा पुगेको थियो।

उहाँ हाल पार्टीलाई चलायमान र गतिशील बनाउन निरन्तर लागिरहनुभएको छ । मंसिर ४मा हुने निर्वाचनमा प्रधानाङ्ग जस्तो क्रियाशील ,चलायमान र नेतृत्व क्षमता भएका व्यक्तिलाई कलम चिन्हमा  भोट दिएर अत्याधिक मतले समानुपातिकमा जिताउनु पर्ने आवश्यकता रहेको छ।

कल्पना श्रेष्ठ:- नेकपा एकीकृत समाजवादीको नेतृ कल्पना श्रेष्ठ समानुपातिक उम्मेदवार हुनुहुन्छ। उहाँ  जन्म  व्यापारिक पृष्ठभूमिका बुबा लक्ष्मीभक्त श्रेष्ठ र आमा सीतादेवी श्रेष्ठको   घरमा भएको थियो।

२०३५ सालमा साबिक दोलालघाट गाविसमा  जन्मिनु भएकी नेतृ श्रेष्ठ २०५४ सालमा नेकपा एमालेबाट गाउँविकास समितिको निर्वाचनमा वडासदस्य जित्नुभएको थियो। २०६५ सालमा नेकपा एमालेबाट दोलालघाट गाउँ कमिटीको उपाध्यक्ष हुँदै अखिल नेपाल महिला सङ्घको जिल्ला सदस्य भएर काम गर्नु भएको थियो।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट भुम्लु गाउँपालिका को उपाध्यक्ष बिजयी हुनु भएकी नेतृ श्रेष्ठ पार्टीमा विद्रोह भएपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय हुनुहुन्छ।

उहाँ एक विकास र सुशासनको पक्षमा वकालत गर्ने ,जनताको समस्यालाई नजिकबाट पहिचान गरी समाधान गर्न लागिपर्ने, भुम्लु बासी दाजुभाई ,दिदीबहिनी ,आमा बुवाको नजरमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ। उहाँले आफ्नो कार्यकालमा भुम्लुको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ। उहाँ  नेतृत्वदायि  क्षमताको विकास गर्दै र लक्ष्यमा निरन्तर रुपमा लागिरहनुभएको छ। 

विशेषगरी महिलाहरूको अावाजलाइ बुलन्द पार्ने अभियानमा लाग्नु भएकी नेतृ श्रेष्ठलाई कलम चीनमा मतदान गरी समानुपातिक उम्मेदवारमा विजयी गराउनु पर्नेछ।

दिल बहादुर तामाङ्ग:-दिलबहादुर तामाङ नेकपा एकीकृत समाजवादीका जिल्लालाई कमिटी सचिवालय सदस्य तथा बागमती प्रदेश कमिटी सदस्य हुन्छ। २०४० सालमा वामपन्थी राजनीतिमा संगठित हुनुभएका तामाङले  तत्कालीन मालेबाट आफ्नो राजनीति सुरु गर्नुभएको थियो। २०४१ सालमा नेपाल किसान संघको जिल्ला सदस्य हुनुभयो २०४४ सालमा गाउँ कमिटी सदस्य हुनुभएको थियो।

मण्डनदेउपुर नगरपालिका साविकको ३  नयाँगाउँ हालको वडा नम्बर ७ मा जन्मनुभएको थियो। तामाङ २०४४सालपछि दुईपटक गाउँ कमिटीको सचिव र एकपटक अध्यक्ष हुनुभएको थियो।

कान्छाराम तामाङ र कान्छीमाया तामाङको कान्छो छोरा दिलबहादुर २०७४सालको स्थानीय तह निर्वाचनमा मन्डनदेउपुर नगरपालिका वडा नम्बर ३को निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो।

राजनीतिमा निरन्तर सक्रिय नेता तामाङलाई समानुपातिकमा मत दिएर जिताउनु आवाश्यक रहेको छ।