गठबंधनलाई जिताउने मन्त्री हुमागाईको उदघोष

+
-

काभ्रे,

नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री तथा काभ्रे जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईंले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनलाई निर्वाचन जिताउने उदघोष गर्नु भएको छ।

प्रतिनिधि सभा क्षेत्र नम्बर दुईले बनेपामा गरेको गठबंधन दलहरुको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री हुमागाईंले गठबंधनलाई जिताउन कटिबद्ध भएर लाग्ने बताउनुभएको छ।

उहाँले आफ्नो उमेद्वारी दर्ता भएपछि संचारमाध्यममा र सामाजिक सञ्जालमा आएका टिका टिप्पणीको बारेमा गठबंधन दलका नेता कार्यकर्तालाई स्पष्ट पार्नुभएको थियो।

मन्त्री हुमागाईंले भन्नुभयो “म माथि उठेको प्रश्नले गठबंधनलाई असर पर्ला कि भनेर शंका नगर्नु होला। मेरो उमेद्वारी केन्द्रको निर्देशन अनुसार भएको थियो र फिर्ता पनि को निर्णय अनुरुप नै भएको हो।

गठबंधनको बिषयमा अबका दिनमा सामाजीक संजालहरुमा खेती गर्ने दिनको अन्त्य भएको घोषणा पनि गर्नु भएको छ।