निरंकुशता विरुद्ध आवाज उठाउने पहिलो व्यक्ति माधब नेपाल हुन

+
-

काभ्रे,

नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईंले ,माधव नेपालले गर्दा आज बाम -लोकतान्त्रिक गठबन्धन गर्न पाइएको भन्दै प्रशंसा गर्नुभएको छ।

नेकपा एकीकृत समाजवादीको क्षेत्रीय भेला ,पाँचखालमा सम्बोधन गर्दै उम्मेदवार हुमागाईंले माधव नेपालको खुलेर प्रशंसा गर्नुभएको हो।

राजाको निरंकुश शासनको समयमा माधव नेपाल वामपन्थी नेताहरूको तर्फबाट आवाज उठाउने पहिलो व्यक्ति हुनुहुन्थ्यो। त्यसैले नेकपा एमालेभित्र केपी ओलीको निरंकुशता बढ्दै गएपछि पार्टी भित्र नै विद्रोहको आवाज उठाउने साहसी र महान व्यक्ति भएकोले पनि उहाँप्रति सधैंभरी सम्मान रहने नेता हुमागाईंको भनाई थियो।

केन्द्रमा केपी ओलीको निरंकुशता थियो। जिल्लामा उनैका साथीहरूको भ्रष्टाचारको लामो लिस्ट रहेको छ । काभ्रेली जनता देश , विदेशमा पनि ७०करोडका जनता भनी अपमानित हुनुपरेको भन्दै त्यो अपमान जौ ,तिल राखेर छर्कनु पर्ने बेला आएको छ।  अबका दिनमा बाम  लोकतान्त्रिक गठबन्धनले सब काभ्रेलीको शिर उच्च राख्ने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँ भन्नुहुन्छ “हामी सधैं सुशासन कायम गर्नेछौं, विकास निर्माणको पूर्वाधार तयार गर्न लागिपर्ने छौं। जनताहरूको सुखदुःखमा सधै साथमा रहनेछौं।