शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

+
-

काठमाडौं,

शताब्दी पुरुष सत्यमोहन जोशी को निधन भएको छ।

ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार गराइरहनु भएका जोशीको आज बिहान निधन भएको हो। एक वर्ष उमेर पार गरिसक्नुभएका जोशीको १०३ बर्षको उमेरमा निधन भएको छ।

असोज ७ गतेदेखि स्वास्थ्यमा समस्या भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो। उहाँको मुटुमा समस्या रहेको थियो र पछिल्लो समय डेंगु पनि भएको थियो।

जोशीको निधन भएको कुरा किष्ट अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले पुष्टि गर्नुभएको छ भनि बिभिन्न अनलाइन संचारमाध्यमले समाचार लेखिसकेका छन्।