बाम लोकतान्त्रिक गठबंधनको बनेपामा पत्रकार सम्मेलन

+
-

बनेपा,

बाम लोकतान्त्रिक गठबन्धनले काभ्रेको बनेपामा पत्रकार सम्मेलन गरेको छ। बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन कमिटीले गठबंधनको तर्फबाट पत्रकार सम्मेलन गरेको हो।

प्रतिनिधि सभा तथा प्रदेश सभाको उमेद्वारहरुको परिचयात्मक तथा पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रम राखिएको थियो।

कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र २का उमेद्वार शिव प्रसाद हुमागाईं , प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका उमेद्वार लक्ष्मण लम्साल, नेपाली कांग्रेसका तिर्थ लामा , कन्चन चन्द्र बादे ,र नेकपा माओवादी केन्द्रका रत्न ढकाल लगायत तिनै दलका समानुपातिक उम्मेदवारहरुको पनि उपस्थित रहेको थियो।

कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर एकका साझ उमेद्वार नेकपा माओवादी केन्द्रका नेता मान दोङ भने उपस्थित हुनुभएको थिएन। उहाँ डेङ्गु लागेर विगत केही दिनदेखि अस्पतालमा उपचारत् हुनुहुन्छ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई पत्रकारहरुले चुनावसंग सम्बन्धित र भावि बिकससका योजनाको बारेमा प्रश्नहरु सोधेका थिए।

नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईं, तिर्थ लामा लक्ष्मण लम्साल र रत्न ढकालले छुट्टा छुट्टै उत्तर दिनुभएको थियो।