मन्त्रीपरिषद्को निर्णय,डा. गोबिन्द केसीको मागहरु सम्बोधन गरिने

+
-

काठमाडौं,

सरकारले डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच भएको सहमति कार्यान्वयन गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डाक्टर केसीको मागहरु अनुमोदन गर्ने बताउनुभएको हो।

यस्तै सरकारले विद्यालय क्षेत्र आयोजनाको लागि एसियाली विकास बैंकबाट ऋण सहयोग प्राप्त गर्न अर्थ मन्त्रालय, अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको टोली गठन गर्न अख्तियारी दिने भएको छ।

असोज २८ गते देखि बन्देज गरिएको ४ प्रकारका बस्तु पैठारीलाई निरन्तरता दिने, अौषधी सम्बन्धी कानूनको संशोधन अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र सरकारले कपिलवस्तुको साविक वकडिया स्थित एक बिगाहा जमिनमा १५ शैयाको अस्पताल निर्माण गर्न ३० वर्षको लागि बुद्धभूमी नगरपालिका लाई प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ।

यसरी सरकारले आज बसेको मन्त्रिपरिषद निर्णयमा विभिन्न १५ वटा विषय माथि निर्णय गरेको जानकारी सरकारका प्रवक्ताले गराएका छन्।