बागी उम्मेदवारलाई कार्बाही गर्यो, एमाले सुदुरपश्चिमले

+
-

काठमाडौं,

नेकपा एमाले सुदूरपश्चिमले बागी उम्मेदवारलाई पार्टीबाट निस्कासन गरेको छ।  कार्बाही गरेर निस्कासित हुनेमा ५ जना नेता परेका छन्।

सुदुरपश्चिम प्रदेश कमिटी सदस्य टेकबहादुर हमाल र खेम सुबेदी तथा केन्द्रीय सल्लाहकार परिषदका सदस्य भक्त बहादुर अधिकारी र राष्ट्रिय मुक्ति समाजका विजय सिंह मयाल ,टेक बाहादुर साउदलाई पार्टीको निर्देशन अनुसार निस्कासन गरिएको प्रदेश सचिव धर्म राज पाठकले बताउनुभयो।

खेम सुबेदी र  विजय सिंह मलायले कन्चनपुर १ बाट प्रतिनिधि सभाको उमेद्वारी दिएका थिए। यस्तै हमाल र साउदले क्रमशः कन्चनपुर २को प्रदेशसभा” क “र कन्चनपुर १ को प्रदेशसभा “” मा उमेद्वारी दर्ता गराएका हुन । र भक्त बाहादुर अधिकारीले क्षेत्र नं १ को क मा पार्टीको निर्णय विपरित वागी उमेद्वारी दिएका थिए।