विकासलाई महत्व दिने सबैका परिचित नेता लक्ष्मण लम्साल

+
-

काभ्रे,

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लक्ष्मन लम्सालले पाँचखाल नगरपालिका विकास निर्माणका कार्यको  लागि आफ्नै महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ।

कांग्रेस नगर कमिटी पाँचखाल नगरपालिकाले गरेको  निर्वाचन छलफल कार्यक्रममा बोल्दै नेता लम्सालले पाँचखाल नगरपालिकालाई विकास नगरी यो निर्वाचन क्षेत्रको विकास नहुने भएकाले पाँचखाल नगरपालिका बिषेश प्राथमिकतामा परेको हो भन्नुभयो।

नेता लम्सालले भन्नुभयो,” म सधैं व्यक्तिगत  स्वार्थ भन्दा माथि उठेर विकास निर्माण कार्यलाई ध्यान दिने गर्दछु त्यसैले यहाँका सबै दल र नेताहरुले मलाई राम्रोसँग चिनेका छन्। म सबैसँग परिचित छु ,मैले कहिलेपनि कसैलाई दलीय आधारमा भेदभाव गरेको छैन ।”

नेता लम्सालले आफ्नो पार्टीको नगरप्रमुख नभएपनि शहरी विकासको नाममा  सहरी विकास मन्त्रालयबाट ५०करोड रुपैयाँ  बजेट बिनियोजन गराउनुभएको  थियो। विकासको मामलामा नेता लम्सालले कहिले पनि दलिय हिसाबले विभेद गर्नुभएको छैन।

काङ्ग्रेस नेता कार्यकर्ताहरुलाई  आफूले निर्वाचन जितिसकेपछि कहिले पनि विभेद नगर्ने बताउनुभयो। जनताको विकास निर्माण , जीवनस्तर रुपान्तरण ,न्याय -समानता जनताको आवाज बोल्ने काममा सदा साथ सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।