काभ्रेपलाञ्चोक,
नेकपा (एकीकृत समाजवादी)का नेता बसुन्धरा हुमागाईंले उमेद्वारी फिर्ता लिनुभएको छ। उहाँले १:०५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा निवेदन दिनुभएको थियो।
नेता नेता हुमागाईंले दर्ता गर्नुभएको निवेदन सँगै उमेरद्वारी फिर्ता भएको जनाइएको छ। पार्टीको केन्द्रीय ो निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको नेता हुमागाईंले बताउनुभएको छ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार केन्द्रीय मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताको एकमुष्ट निवेदन परिसकेको थियो।
सत्ता गठबन्धनहरु बिच सिट बाँडफाँडमा सहमति भएको मोडालिटी अनुसार काभ्रेको क्षेत्र नं २ प्रदेशसभाको ‘ख’ को चुनावि उमेरद्वार नेकपा ( एकीकृत समाजवादी)को भागबण्डामा पर्नुपर्ने हो । गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमतिमा काभ्रेमा जितेको २वटा प्रदेशसभाका सिट समाजवादीको भागमा पर्ने सम्भावना बढी थियो र समाजवादीले दाबी पनि गर्दै आएको थियो।
मैले पार्टीका तर्फबाट आधिकारिक टिकट लिएर उमेद्वारी दर्ता गराएको हु ,पार्टीले उम्मेदवारी दर्ता गर भनेपछि पार्टीले दिएको आदेश अनुसार मैंले काम गरेको थिएँ- उहाँले भन्नुभयो। नेता हुमागाईले २०७४सालको प्रदेश सभा निर्वाचनमा जित हासिल गर्नुभएको थियो।
आज असोज २६ गते दिउँसो १ बजे सम्म उमेद्वारी फिर्ता गर्ने अन्तिम मिति रहेको थियो।


