काभ्रेपलाञ्चोक,
मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँले हिजो काभ्रे क्षेत्र नम्बर २ संघीय प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दर्ता गराउनुभएको थियो।
नेता हुमागाईंले हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलमा उमेरद्वारी दर्ता गराउनुभएको थियो। पार्टीको तर्फबाट आधिकारिक टिकट पाएपछि उहाँले उमेद्वारी दर्ता गराउनुभएको हो ।
केन्द्रमा गठबंधन दलहरुबीच नेकपा ( एकीकृत समाजवादी)ले पहिले जितेका स्थान र सनाखत गरेका स्थानहरू पाउने मौखिक सहमति भए अनुसार अाफुलाई पार्टीले टिकट दिएको नेता हुमागाईंले बताउनुभयो। सोही सहमतिअनुसार नेताहरु बिच छलफल भइरहेको स्रोतले बताएको छ।
तर हिजो काभ्रे क्षेत्र नम्बर २ प्रदेश सभा ‘ ख ‘मा नेपाली कांग्रेसका नेता कन्चन चन्द्र बादेले उमेरद्वारी दर्ता गराउनुभएको थियो। केन्द्रमा र जिल्लामा गठबंधनको तर्फबाट नेकपा (एकिकृत समाजवादी)ले दुईवटै प्रदेश सभा दावी गरिरहेको छ।


