नेता सुर्यमान दोङ र रत्न ढकाल माओवादी केन्द्र काभ्रेको उमेद्वार

+
-

काभ्रे,

        अगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र काभ्रेले उम्मेदवारहरुको टुंगो लगाएको छ।

         काभ्रेमा दुईवटा प्रतिनिधि सभा क्षेत्र रहेको छ भने ४ प्रदेश सभा रहेका छन्। बाम लोकतान्त्रिक गठबंधनको तर्फबाट नेकपा माओवादी केन्द्रलाई प्रतिनिधि सभा क्षेत्र नम्बर एक र प्रदेश सभा अन्तर्गत ‘क’ भागबण्डामा परेको थियो।

       बाम लोकतान्त्रिक गठबंधनको साझा उम्मेदवार नेकपा माओवादीको केन्द्रबाट पोलिटब्युरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सुर्य मान दोङ( लालध्वज) उमेद्वारको लागि सिफारिस हुनुभएको छ।

      प्रदेश सभा’ क’को निर्वाचनमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले सर्वसहमत उमेदवारको टिकट पाउनु भएको छ।

          यस्तै बाम  लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा माओवादीका नेता सूर्यमान दोङ र रत्न ढकालले उम्मेदवारको मनोनयन दर्ता गर्नु हुने माओवादीनिकट एक नेताले बताएका छन्। उमेरद्वारी मनोनयन दर्ता निर्वाचन अधिकृतको कार्यालय पनौतीमा हुने जनाइएको छ।