काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनका पाँच राजनीतिक दलले मंसिर ४को निर्वाचनमा चितवनबाट उमेद्वारी दिन अपिल गरेका छन्।
आज गठबंधनको जिल्ला स्तरीय बैठकले प्रचण्ड अन्य जिल्ला बाट निर्बाचन लड्ने समाचार बाहिर आएपछि ५दलको ध्यानाकर्षण भएको जानकारी दिईएको छ।
पाँच राजनीतिक दलको मा भनिएको छ -” संविधान, लोकतन्त्र, शान्ति र विकासका साथै सुशासन कायम गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले मंसिर ४ मा हुने संघीय निर्वाचनमा जिल्ला र क्षेत्र नम्बर धेरै परिवर्तन नगर्न अपिल गरिन्छ”।
बाबुराम भट्टराईले गोरखाबाट चुनाव नलड्ने घोषणा गरेपछि प्रचण्डले गोरखाबाट उमेद्वारी दिने सम्भावना रहेको आकलन गरिएको छ।
मंगलबार चितवनमा कांग्रेस नेता राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने, जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेल सहितको बैठकले यस्तो अपिल गरेको हो।


