टिकाको साइत ११:५१ बजे उत्तम – नेपाल पञ्चाङ्ग निर्णायक समिति

+
-

            बडादसैंको टिकाको साइत भोलि बिहान ११बजेर ५१ मिनेटमा रहेको छ। घटस्थापनाको दिन स्थापना गरिएको देवीलाई दशमीको दिन १०:३४ मा विसर्जन गरि ११:५१ टिका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

           नौ दिनसम्म निरन्तर रुपमा पुजा आराधना गरीएको देवी विधिपुर्वक विसर्जन गरि प्रसाद स्वरूप टिका , जमारा र फुलपाती लगाउने गरिन्छ। आफु भन्दा मान्यजनबाट टीका लगाएर आशिर्वाद लिने चलन रहिआएको छ।

        दशमीको दिनदेखि टिका जमारा कोजाग्रत पूर्णिमासम्म लगाउने गरिन्छ।