सेनाले गर्ने कोत पूजाको एतिहासिक पक्ष

+
-

आज विजया दशमीको नवौं दिन हो। महा नवमीको दिन शक्तिदेवी सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। घटस्थापनाको दिन स्थापना गरिएको देवीलाई आज ९अौ  दिन शक्तिपीठहरुमा  देवीको विशेष पूजा आराधना गरी नवरात्री पर्व मनाइन्छ।

प्राचिनकालमा राजा महाराजाहरुले विजय उत्सवको रुपमा दशै मनाउने गरेको तथ्य विद्वान्हरूको खोज, अनुसन्धानहरूमा भेट्न सकिन्छ।

सँस्कृतिविध दिनेशराज पन्तले आफ्ना लेख र अन्तर्वार्तामा बताउनुभएको -“राजा महाराजाहरु राज्य वढाउन विजययात्रामा निस्कन्थे। शरद ऋतु लागेपछि वर्षा हट्ने र मौसम खुले समय भएकोले यो समयमा देवीको आराधना गरी शक्ति लिने र युद्धमा निस्कने गरेको पाइन्छ। दशै मल्लकालमा धुमधामसँग मनाइन्थो ।विक्रमसंवत् १६१६ मा गोर्खा राज्य एकीकरण गर्नेहरुले महत्वका साथ दशैं मान्ने गरेको पाइन्छ।

पन्थले लेखहरुमा उल्लेख गरेअनुसार दशैंमा कोत पूजा गर्ने र बलि दिने चलन छ। वन रक्षा र राज्यको सुरक्षाको लागि कोटको महत्व रहेको पाइन्छ । लिच्छवी कालमा  नेपाल अहिलेको जत्रो थियो लिच्छवीकाल पछि टुक्रियो ।र,  बाह्रौँ तेह्रौँ शताब्दीमा तीनवटा राज्य भए त्यसबीचमा अहिलेको भारत र तिब्बतसँग जोडिएका नेपाली भूभागको गुमेको प्रमाणहरु भेट्न सकिन्छ । यसरी कुनै सामन्तले एउटा कोतमा कब्जा गरिदिएमा त्यसलाई फिर्ता गर्न गाह्रो हुन्थ्यो तसर्थ जितको  महत्व थियो।

शक्तिको पुजा आराधना गर्न कोत  चलन चल्यो ।विक्रमसंवत् १८ अौ सताब्दीमा बढीमा ३वटा राज्य ५२ वटा भन्दा बढी हुनु पुग्यो ।त्यस बखत साना राज्यले राज्य बढाउन जित्ने इच्छा राख्दथे ।त्यसबेला कोत र किल्ला धेरै बने सबै कोतहरुमा दसैंमा विशेष पूजा गरी दुर्गा भवानीको आराधना गरी कामना गर्न थालेको पाइन्छ। विक्रम संवत १७९९मा राजा भएपछि पृथ्वीनारायण शाहले पुन राज्य एकीकरण शुरू गरे। तर पहिलो चरणमा सफल हुन सकेन उनको  एकीकरण अभियानमा पनि कोत किल्लाको योगदान महत्वपूर्ण थियो। यसरी नेपालीहरुमा लिच्छवीकालदेखि यक्ष मल्लको समय र गोपाल वंशको पालामा पनि दशैंको उत्तिकै महत्व रहेको कुरालाई नकार्न सकिंदैन।

वर्तमान समयमा पनि नेपाली सेनाले कोत पूजालाई महत्वका साथ लिने गरेको छ । आफ्नो ब्यारेक र गुल्महरुमा कोत पूजा गर्ने गर्दछन्। देवी कालीको आराधना गरी शक्ति सञ्चय गर्ने प्रचलन रहेको छ ।कोतमा  विशेष पूजा गरी बलि पनि दिने गरिन्छ। अहिले पनि गोरखा दरबारबाट विशेष पूजा गरी ल्याइएको फुलपाती काठमाडौँमा भित्र्याउने ऐतिहासिक चलन छ।

यसका साथै हनुमानढोका दरबारमा सेनाले कोतको विशेष पूजा गरी राँगा , बोका बलि दिएर शक्तिको पूजा गर्ने गर्दछन्।