काठमाडौं
वर्ष २०७९ सालको विजया दशमीको अवसरमा विश्वगुरु सफ्टवेयर बजारमा आएको छ । विश्व पञ्चाङ्ग निर्णय संघका महासचिव गोविन्द सापकोटाको अथक मिहिनत र संघका अध्यक्ष नारायण प्रसाद नेपालको कार्यसञ्चालनले तयार पारिएको ज्योतिष सम्बन्धि सफ्टवेयर विश्वगुरु घटनास्थापनाको शुभ साइतमा सबैका लागि खुला गरिएपछि विश्वगुरु सफ्टवेयर बजारमा आएको हो ।
अनलाइन सफ्टवेयर भएकाले फेनड्राइभको जरुरी नहुने , हराउला र बिग्रेला भन्ने चिन्ता नहुने यसको प्रमुख विशेष रहेको छ । ल्यापटप, मोवाइल तथा डेस्कटप कम्प्यूटरमा चलाउन सकिने विश्वगुरुको उपयोगका लागि भने त्यसको सदस्य बन्न पर्ने किसफ्टवेयर निर्माणकर्ता महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता गोविन्द सापकोटाले बताए । जसमा प्रोफेशनल सदस्यताका लागि १० हजार २ सय शुल्क तोकिएको छ भने लाइट सदस्यताका लागि ४ हजार २ सय सदस्यता शुल्क तोकिएको छ । विश्वगुरु वेव सफ्टवेयर एक धार्मिक ज्योतिषिय एवम् खगोलिय सफ्टवेयर हो सापकोटाले भने ।
बडादशैंको शुभारम्भसँगै बजारमा ल्याइएको यो ज्योतिषिय अनलाइन सफ्टवेयरको सदस्यता शुल्क बडादशैंकै अफरको रुपमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौ । जसले गर्दा निश्चित अवधिका लागि अर्थात् सुरुका १०० जना सदस्यहरुका लागि प्रोफेशनलका लागि ५ हजार १ सय र लाइटका लागि २ हजार १ सय शुल्क निर्धारण गरेका छौ पञ्चाङ्ग सारिणीकर्ता एवम् सफ्टवेयर निर्माता सापकोटाले बताए । चिना बनाउन, कुण्डलीको विश्लेषण गर्न पनि सकिनेछ भने ज्योतिषसँग सम्बन्धित सबै कार्यका लागि विश्वगुरु वेव सफ्टवेयर उत्तम रहेको छ।
विशेष गरी यो सफ्टवेयरका विशेषताका बारेमा हामीले राखेको जिज्ञासामा सापकोटाले भने, ‘ऐले सम्मकै सर्वाधिक ४ वटा सिद्धान्त ( नेपाली प्रचलित पात्रो, मूल सूर्य सिद्धान्त, ग्रह लाघव र केतकी दृक पद्दती) मा गणना हेर्न मिल्ने भएकाले यो अन्य सबै सफ्टवेयर भन्दा फरक छ ।’ यसैगरी ६१ भन्दा बढि आवश्यक मुहूर्तहरु आफुले चाहेको समयको हेर्न सकिनेछ भने प्रामाणिक पुस्तकबाट फलादेश श्लोकहरु राखिएको छ भने त्यसको नेपाली अर्थसमेत एकसाथ पाउन सकिनेछ ।
पछिल्लो समयमा धार्मिक लेख रचना प्रकाशित गर्न मात्र होइन पढ्नका लागि समेत सास्ती नै भोग्नु परेको अवस्थालाई मध्यनजर गरी विश्वगुरुले लेख रचना प्रकाशनसमेतको व्यवस्था मिलाएको छ भने अनलाइन धार्मिक पसल समेत यसमै पाउन सकिने भएकाले पनि यसले सेवाग्राहीलाई लाभान्वित बनाउने छ ।
मोबाइल, ल्यापटप, आइफोन, म्याकलगायतका सबै डिभाइसमा चलाउन मिल्ने गरि निर्माण गरिएको विश्वगुरुमा विभिन्न डिजाइनमा कुण्डलीहरु समावेश गरिएको छ । त्यसका साथमा महादशा, अन्तरदशा, प्रत्यन्तरदशा, सूक्ष्मदशा र प्राणदशा गरि ५ वटै प्रकारका दशाहरु हेर्न मिल्नेछ । विंशोत्तरी, त्रिभागी र योगिनी दशाहरुलाई विक्रम सम्वत, इशवीय सम्वत तथा उमेरमा हेर्न सकिनेछ भने भुक्त, भोग्य गरिएको र नगरिएको दुबै दशा समावेश गरिएको छ ।
विश्वगुरुको अर्को विशेषता भनेको अनलाइनमा नै पुस्तकालयको व्यवस्था गरिएको छ भने कुनैपनि समयको पञ्चाङ्ग हेर्नका लागि सहज छ । पञ्चाङ्ग गणनादेखि अनलाइन ज्योतिष सेवासमेत एकै स्थानमा पाउनुका साथै अनलाइन ज्योतिष प्रशिक्षणको समेत व्यवस्था मिलाईको आयुर्वेद तथा धार्मिक समचारसमेत विश्वगुरुमा पढ्न सकिनेछ ।


