काभ्रेबाट समाजवादी प्रेस संगठन बागमती प्रदेशमा रायमाझी र चौलागाई छनोट हुनु भएको छ

+
-

टुकी संवाददाता

 काभ्रेपलाञ्चोक / समाजवादी प्रेस संगठन नेपालका संस्थापक केन्द्रीय सदस्य तथा नेकपा ( एकीकृत समाजवादी) काभ्रेका जिल्ला सचिवालय सदस्य ध्रुवा रायमाझी र समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष सन्तोष चौलागाई समाजवादी प्रेस सङ्गठन बाग्मती प्रदेश कमिटीमा छानिनु भएको छ।

समाजवादी प्रेस संगठन बागमती प्रदेशको काठमाडौंमा भएको भेलाले समाजवादी प्रेस संगठन बागमती प्रदेशको अध्यक्षमा ध्रुव रायमाझी र प्रदेश कमिटी सदस्यमा सन्तोष चौलागाई सर्वसम्मतिले छानिनु भएको हो।

समाजवादी प्रेस संगठन बाग्मती प्रदेशको अध्यक्षमा सञ्चारकर्मी ध्रुव रायमाझी र प्रदेश कमिटी सदस्यमा सन्तोष चौलागाई छनोट हुनु भएकोमा काभ्रे जिल्ला कमिटीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरिएको छ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला इन्चार्ज टोक बाहादुर वाइवा, बाग्मती प्रदेश सचिव लक्ष्मण लम्साल, काभ्रे जिल्ला कमिटी अध्यक्ष बसुन्धरा हुमागाईं, उपाध्यक्ष दिपक कुमार गौतम, सचिव गोकुल गौतम , सह सचिव यसु लामा र सचिवालय सदस्य तथा कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले संयुक्त रुपमा सफल कार्यकालको कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।