टुकी संवाददाता
काठमाडौं/ नेकपा ( एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यकाको संयुक्त भेला सम्पन्न भएको छ। काठमाडौंको तिनकुने स्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पान्डेको उपस्थितीमा मुख्य मन्त्री पाण्डेले उदघाटन गर्नुभएको हो ।
समाजवादी प्रेस संगठन बागमती प्रदेशका अध्यक्ष ध्रुव रायमाझीले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो।अध्यक्ष रायमाझीले उपस्थित सम्पूर्ण अतिथि लगायत पत्रकार मित्रहरुलाई आउदै गरेको दशै र तिहारको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, समाजवादी प्रेस संगठनको कार्यबहाक अध्यक्ष विश्वमणि सुबेदी ,केन्द्रीय कमिटीका सदस्य , सातै प्रदेशका केन्द्रीय उपाध्यक्ष, महासचिव र सचिव, कोषाध्यक्ष लगायतको उपस्थिति रहेको छ।


