बादी समुदायका परिवारलाई नेता बम द्वारा खाद्यान्न बितरण

+
-

 

असोज,३
कालिकोट ।  जिल्लाको   खाडाचक्र नगरपालिका वडा नम्बर १ मा जिल्लामा रहेका सम्पुर्ण सरकारी कार्यालयका कर्मचारी राजनीति दल , व्यावसायी र बुद्धिजीवीहरुले संबिधान दिवस २०७९ तामझाम सहित र्‍यालि सम्पन्न गरि भाषण गरिराखेका  बेला बादी समुदायको बस्तिमा युवा नेता लक्ष्मण बहादुर बम (पलातिकान्छा)ले प्रति घर एक बोरा  चामल र तेल बितरण गरि संविधान दिवसको शुभकामना  दिएर संबिधान दिवस मनाउनु भएको छ ।

बमका अनुसार आफुले झण्डा ,ब्यानर र साउण्ड सिस्टम किनेर र्‍यालिमा खर्च गर्नु भन्दा गरिब ,असाय र असक्त परिवारको समस्यामा  थोरै भएपनि राहत हुने गरि बादी समुदायका लागि तेल र चामल बितरण गरि संबिधान  दिबस मनाएको बताउनु भयो ।

बादि समुदायका चीन बादीका अनुसार खानाको जोहो गर्न समस्या भएकै बेला युवा नेता बमले ठुलो राहत पुर्याएको भन्दै सबै नेतृत्वमा रहेका नेता लगायत सरोकारवाला निकायले वास्तविक गरिब दु:खीकोपिडा बुझि दिए  हामि जस्ता गरिबीलाई राहत हुने आसा ब्यक्त गर्नु भयो ।