अछाम बाढीपहिरो पिडितलाई सहयोग गर्न -डा तुलाधरको अपिल

+
-

काठमाडौं,असोज २

नेकपा ( एकीकृत समाजवादी)का उपमहासचिव तथा बिपत ब्यबस्थापन बिभाग प्रमुख डाक्टर गंगाधर तुलाधरले अछाम पहिरोमा मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभएको छ।

आज जारी प्रेस विज्ञप्तिमार्फत डाक्टर तुलाधरले अविरल वर्षाका कारण अछाम जिल्लाको तीनवटा नगरपालिका लगायत बर्दिया र दार्चुला जिल्लाको विभिन्न ठाउँमा बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुभएको हो। विज्ञप्तिमा भनिएको छ – “अविरल वर्षाका कारण देशका  विभिन्न ठाउँमा गएको बाढीपहिरोबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु साथै तत्कालै उद्धार र राहतको व्यवस्था गर्नका स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई अपिल गर्दछु।

साथै नेकपा (एकीकृत समाजवादी)का विभिन्न जनवर्गीय संगठन लगायत नेता कार्यकर्ताहरुलाई यथास्थानमा रहेर राहात र उद्धारको कार्यमा खटेर मानवीय सेवामा समर्पित हुने विशेष आग्रह पनि गर्नुभएको छ।

हिजो अविरल वर्षाका कारण अछाम जिल्लाको विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परी २२ जनाको दुखद निधन भएको थियो। पहिरोमा बेपत्ता भएका हरुको  खोजी कार्य जारी छ ,साथै घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरद्वारा उद्धार गरिएको थियो।