लेखक महेश्वरी कुँवरको पुस्तक ‘पाल्पा ‘ सार्वजनिक

+
-

काठमाडौं, असोज २

         नेपाली कांग्रेसको संघर्ष , प्रजातान्त्रिक आन्दोलन र भूमिकाको विषयमा लेखिएको पुस्तक ‘पाल्पा ‘सार्वजनिक भएको छ। स्वर्गीय गणेशमान सिंहको २५औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघकि निवर्तमान महामन्त्री महेश्वरी कुँवर द्वारा लिखित पुस्तक ‘ पाल्पा ‘ सार्वजनिक गरिएको हो।

        राष्ट्रिय सभागृह कमलादीको सभाहलमा गरिएको एक समारोहबीच नेपाली कांग्रेसकि नेतृ आरजु राणाले पुस्तक लोकार्पण गर्नुभएको हो।
पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले लेखक महेश्वरी कुँवर प्रति गर्व लागेको बताउनुभयो ।

           उहाँले भन्नुभयो -‘पाल्पा’ पुस्तकमा लेखकले नेपाली काङ्ग्रेसको ईतिहास , कांग्रेसले गरेको कार्य, कांग्रेसले लिएको बाटो र काङ्ग्रेसको विचार र  सिद्धान्त तथा पाल्पा जिल्लामा कांग्रेस पार्टीले खेलेको भूमिका गहन तरिकाले उठाएको छ ।  पाल्पा जिल्ला विगतदेखि नै दिग्गज व्यक्तित्वहरुको उदगम स्थल भएकोमा खुसी व्यक्त गर्दै, त्यस जिल्लाबाट बेला बेलामा महत्वपूर्ण विषयमा दस्तावेज हरु आउने गरेको स्मरण गर्नुभयो।

               साथै पाल्पाबाट प्रतिनिधित्व गरि राजनितिक , सामाजिक लगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने अग्रज व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।