अ+
अ
अ-
काठमाडौं , असोज १
राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेबाट प्रतिनिधि सभा सदस्यकाे समानुपातिकमा दावा लामाले उम्मेदवारी दिनुभएको छ। दावा लामा राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका जिल्ला सदस्य तथा भुम्लु गाउँपालिका समितिको सभापति हुनुहुन्छ।
लामा एक सफल पर्यटन व्यवसायी हुनुहुन्छ ,भने उहाको लामो समयदेखि होटल व्यवसायमा पनि संलग्नता रहेको छ। पर्यटकीय क्षेत्र दोलालघाटमा रहेको होटल रोजमणिका प्रोपाइटर लामा स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पनि हुनुहुन्छ।
एमालेको पूर्व सक्रिय कार्यकर्ता रहनुभएका लामा राजनीतिक दलहरु प्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकबाट उमेरद्वार बन्ने योजनामा हुनुहुन्छ।


