अछाम पहिरो मृत्यु हुनेको संख्या २२पुग्यो

+
-

निस्ता कार्की रावल

          कालिकोट,१असोज /अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ ।

           जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका– ५ बस्ने १७ वर्षका जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षका बिमला शाही, ४५ वर्षका नेत्र शाही, ३६ वर्षका मनिषा शाही, १७ बर्षका कल्पना शाही रहेका छन् । यस्तै १३ वर्षका सुन्दर शाही, एक वर्षकि मेनिका शाही, तीन वर्षका कल्पना शाही, २१ वर्षका भावना शाही र कमल बजार नगरपालिका–६ बस्ने ३० वर्षका अमृता कामीको पनि मृत्यु भएको छ ।

           यस्तै गरि १७ वर्षका समिता कामी, २१ वर्षका अर्धना कामी, ९ वर्षका निखिल कामी, ३६ वर्षका मैनकला कामी, १५ वर्षका गिता कामी तथा १२ वर्षका सिरु कामी रहेको अछाम प्रहरीले बताएको छ । 

         मृत्यु हुनेमा कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षका गम्भीर दमाई, २३ वर्षका भाना दमाई, ६ बर्षका डिग्रा दमाई, तीन वर्षका कलु दमाई, चार वर्षका कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । पहिरोमा परेर ११ जना घाइते भएका छन् ।